२०८३ भदौ २०, शनिबार
 

डोल्पामा चुनावको सम्पूर्ण तयारी पुरा

prabhu bank home loan

डोल्पा –भौगोलिक हिसावले एकदमै पिछडीएको डोल्पा जिल्लाले भोलि हुने स्थानिय चुनावको सम्पूर्ण तयारी सकेको छ ।

चुनावको सम्पूर्ण तयारी सकिएको जिल्ला निर्वाचन अधिकारी राम ब. सार्कीले जानकारी  दिए ।

डोल्पा जिल्लामा २ वटा नगर पालिका र ६ वटा गाउ पालिका छन् । दुबै नगरपालिका र ६ वटै गाउपालिकामा मतदान अधिकृत, मतपत्र, कर्मचारी तथा सुरक्षाको टोली पुगी सकेको छ ।

डोल्पा जिल्लामा पुरुष भन्दा महिला मतदाता धेरै रहेका छन् । जम्मा २२४४० मतदाता मध्ये ११३७९ जना महिला र ११०६१ जना पुरुष मतदाता छन् ।

सुरक्षाको लागि खटीएका एक जना म्यादी प्रहरीलाई स्वास्थ्यमा समस्या आएकोले हेली कप्टरबाट सुर्खेत लगीएको छ भने एक अर्का म्यादीको मृत्यु भएको छ ।

मृत्यु भएका म्यादी प्रहरी काइते गाउँपलिका बासिन्दा थिए । मौसम खराव भएकोले उनको शवलाई सदरमुकाम दूनै ल्याउन सकीएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने