२०८३ बैशाख १७, बिहिबार
 

उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म

prabhu bank home loan

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो । उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो। शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने