२०८३ बैशाख १७, बिहिबार
 

पार्टीकाे तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने नेताहरूलाई फिर्ता लिन महामन्त्री थापाकाे आग्रह

prabhu bank home loan

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गर्नुभएको छ ।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताउनुभयो ।

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उहाँले पटकपटक दोहोर्याउनुभयो ।

महामन्त्री थापाले पार्टी भित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो ।

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताउनुभयो ।

अन्यथा पार्टीमा फेरी फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उहाँले स्मरण गराउनुभयो ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने