२०८३ भदौ २०, शनिबार
 

स्थानीय तह निर्वाचन : उम्मेदवार मनोनयन गर्ने अन्तिम म्याद आजसम्म

prabhu bank home loan

काठमाडौं : उम्मेदवारको मनोनयन गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले आईतबार र सोमबार दुई दिन मुलुकभरका सबै स्थानीय तहहरुमा उम्मेदवार मनोनयन गर्न सुचित गरेको थियो ।

आयोगका अनुसार देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन सुरु हुनेछ । यो क्रम हिजो र आजसम्म मात्रै रहने आयोगले जनाएको थियाे ।

विगतको समयमा आयोगले मनोनयनका लागि एक दिन मात्रै समय निर्धारण गर्ने गरेको थियो । तर यो पटक भने २ दिन निर्धारण गरिएको छ ।

मनोनयनका क्रममा भीडभाड हुने भन्दै यो पटक आयोगले एक दुई दिन निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने