२०८३ असार ६, शनिबार
 

बिदेसिनेको कथा : चुनावको बेला रोजगारी दिन्छु भनेर पछि बिर्सिन्छन् नेता

prabhu bank home loan

काठमाडौं – देशमा चुनाबी माहोल सुरु हुन थालेको छ। विभिन्न राजनैतिक दलका घोषणा पत्रमा बेरोजगार अन्त्यका बुँदाहरुले स्थान पाउने पक्का छ। हरेक पार्टीका चुनावी घोषणा पत्र र नेताका भाषणमा देखिने बेरोजगारी अन्त्यका बुँदाहरु घोषणा पत्र र नेताका भाषणमा मात्र सिमित हुने गरेका छन्। देशको असमान राजनीतिक अवस्था र बेरोजगारीका कारण देशका कयौ युवाहरु बिदेसीरहेका छन् ।

धादिङ घर भएका ध्रुव अधिकारी देशमा कृषि क्षेत्रमा काम गरि  आफु सँगै अरुलाइ पनि रोजगारी सृजना गर्ने सोचमा थिए तर सरकारी मिलेमतो र किचलोपनाले वाक्क भएर विदेश जाने सोचे र क्रोएसिया गए । केहि वर्ष विदेशमा काम गरेर देशमा राम्रो वातावरण भए देशमै केहि गर्ने सोच उनको रहेको छ।

त्यस्तै सल्यान घर भएका दिनेश रोका र हिमाल चन्द ठकुरी पनि देशमा रोजगारी सृजना नभएर घर निर्माण कार्य गर्नकै लागि साउदी जानुपरेको बताइरहेका थिए। देशमै केहि गर्छु भन्दा सरकारी स्तरबाट आफ्ना मान्छेलाइ मात्र स्थान दिने गरेको उनिहरुको गुनासो थियो ।चुनावको बेला रोजगारी दिन्छु भनेर पछि बिर्सिने गरेको उनिहरुको भनाइ थियो। चुनावको मुखमा रोजगारीको आस्वासन दिने र पछि केहि नगर्ने परिपाटीले गर्दा सयौँ युवाहरु देशमा केहि गर्ने सोच हुँदाहुँदै पनि विदेशिन बाध्य भएका छन्।

भोलिका देशका कर्णधार र बौद्धिक क्षमता भएका यी युवाहरुलाइ देशमा रोजगारीको सृजना नगर्ने हो भने नेपाल अझै जटिल अवस्थामा नपुग्ला भन्न सकिन्न |यसकालागी सम्बन्धित निकायले समयमै विचार पुर्याएर देशमा काम गर्ने सहज वातावरण बनाउन आवश्यक छ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने