२०८३ जेष्ठ १७, आइतवार
 

जुम्ला–रारा अल्ट्रा म्याराथन : दुर्गबहादुर बुढा र शारधा भण्डारीले जिते उपाधि

prabhu bank home loan

जुम्ला : तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फका दुबै च्याम्पियन घोषणा भएको छ ।

जुम्लादेखि रारासम्मको म्याराथनको ४९ किलोमिटर दूरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुषतर्फ जुम्लाको धावक दुर्गबहादुर बुढा प्रथम भएका छन् भने महिलातर्फ जुम्लाकै धाविका शारदा भण्डारी बुढाले ६ घण्टा ३४ मिनेट ४१ सकेण्डमा ४९ किलोमिटर दूरी पार गर्दै   च्याम्पियन भएकी छिन्।

पुरुषतर्फ दलबहादुर बुढाले ५ घण्टा ५ मिनेट ४८ सेकेण्डमा पार गर्दै द्वितीय भएका छन् भने वेदबहादुर शाही तृतीय भएका छन्। यस्तै, चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्रीले टप दशमा स्थान हासिल गरेको आयोजक संस्था कर्णाली स्पोर्ट क्बलका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

उनका अनुसार महिलातर्फ ४९ किमी दुरी ६ घण्टा ५९ मिनेटमा पार गरि  गणना भण्डारी द्वितीय भएकी थिइन्। मन्जु रावत तृतीय हुँदा उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु हमाल र राधा श्रेष्ठ टप दशमा आउन सफल भएका छन्।

म्याराथनको उपाधी जित्ने लगायत टप १० भित्र पर्ने सबै खेलाडीलाई  पुरस्कार वितरण गरिएको छ।  प्रथम हुनेले नगद एक लाख २५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफि, द्वितीय हुनेले ६२ हजार ५ सय, तृतीय हुनेले ३७ हजार ५ सय र सान्त्वना हुनेहरुले ३ हजार पाँच सयका दरले पुरस्कार पाएका छन् ।

यसैगरी  म्याराथनको १६ वर्षमुनिको पाँच किलोमिटर दौडमा पुरुषतर्फ अशोक विक र महिलातर्फ सुशीला विष्ट प्रथम भएका छन्।  यसैगरी पुरुषतर्फ दीपेन्द्र बुढा र महिलातर्फ कल्पना बुढा द्वितीय र पुरुषतर्फ कवीन्द्र  बुढा र महिलातर्फ अन्तिममा बुढा तृतीय भएको  क्बलका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

१६ वर्षमुनिको दौडमा विजेता खेलाडिलाई क्रमशः प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रूपियाँ पुरस्कार प्रदान गरिएको छ ।

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा भारतसहित नेपालका १० जिल्ला र जुम्लाका गरी झन्डै चार सय खेलाडी सहभागी भएका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने