२०८३ बैशाख ९, बुधबार
 

जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी  पुरा

prabhu bank home loan

जुम्ला-  कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी  पुरा भएको बताएको छ। भोलि चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तयारी पुरा भएको क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए  ।

भोलि जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारा तालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुँदैछ। जुम्लादेखि मुगुको रारा ताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले बताए।

म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्ने जनाइएको छ ।

कर्णाली स्पोर्ट्स क्लबका अनुसार हालसम्म ४९ किलोमिटरको म्याराथनमा दौडनका लागि ६० जनाले नाम दर्ता गरेका छन् । ५ किलोमिटर दौडका लागि १५६ जना र ५ किलोमिटर खुला दौडका लागि २ सय बढी खेलाडीले सहभागिता जनाउने भएका हुन् ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउने बताइएको छ । त्यस्तै द्वितीयले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुने ७ जनाले ६ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

11 − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने