२०८३ बैशाख ८, मङ्लबार
 

आज चैत्र १८ गते शुक्रबारको राशिफल

prabhu bank home loan

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।शुभचिन्तकहरूको सहयाेगले चुनौती समाप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साथिभाइबाट सहयोग मिल्नेछ। नयाँआफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।पेसातर्फ धेरै लाभ उठाउन नसकिए पनि सकारात्मक संकेत प्राप्त हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेममा  अल्झन आउनेछ।  धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरपरिवारसँग रमाइलो भेटघाट हुनेछ।रोकिएका काम धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।

 

मिन (दि, दु, थ, झ, ञ दे, दो, च, चि)

साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने