२०८३ असार ७, आइतवार
 

काँग्रेस गठबन्धनको विपक्षमा जाँदैन : प्रधानमन्त्री देउवा

prabhu bank home loan

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई निरन्तरता दिनेबारेमा पार्टीभित्र विवाद नरहेको बताएका छन् ।

 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय समिति बैठकले नै गठबन्धन निरन्तरता दिने बिषयमा निर्णय गरेको स्पष्ट पारे ।

 

पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धनलाई सँगै लाने निर्णय भन्दै यसमा कुनै पक्षको फरक मत नरहेको उनले दाबी गरे ।

 

साथै उनले कुनै पनि हालतमा काँग्रेस गठबन्धनको विपक्षमा जान नसक्ने बताउदै बरु अझ एकाबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।

 

उनले अप्ठ्यारा र असहजलाई मिलाउने जिम्मा प्रधानमन्त्रीको जिम्मा भएको भन्दै असहज परिस्थितिसँग आफू नभाग्ने जनाएका छन् ।

 

‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन । गठबन्धनलाई अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु,’ उनले भने, ‘अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्दिनँ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने