२०८३ असार ७, आइतवार
 

गठबन्धन बैठक बस्दै : चुनावी तालमेलबारे छलफल हुने

prabhu bank home loan

काठमाडौं – आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्ने कांग्रेसले जनाएको छ । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने बताइरहेका छन् ।

 

सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसले स्थानिय आवश्यकताका अनुसार चुनावी तालमेल गर्ने केन्द्रिय समिति बैठकबाटै निर्णय गरेपनि कांग्रेसभित्र तालमेलको विषयमा विवाद कायमै छ । यद्यपि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा गठबन्धन गर्ने पक्षमा छन् ।

 

शेखर कोइराला पक्षले भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्नु पर्ने बताउँदै आएको छ । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार हुने भारत भ्रमण र नेपालले उठाउने एजेण्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने