२०८३ असार ६, शनिबार
 

जापानले हटायो कोभिडविरुद्धका प्रतिबन्धहरू

prabhu bank home loan

काठमाडाैं – जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धका प्रतिबन्धहरूलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रूपमा प्रतिबन्धहरू लगाइएको थियो।

 

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरूलाई हटाएको जनाएको छ। यसरी प्रतिबन्धहरू हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि रहेका छन्। यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरू लगाइएको थियो। आज मंगलबारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाइएको जनाएका छन्।

 

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटेल–रेस्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो। तर, अहिले ती सबै प्रतिबन्ध हटाइएको छ। यहाँ अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने भएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने