

काठमाडौं । दरवारमार्गबाट ठमेल जाने सडकमा पैदलयात्रु हिँड्न भनी बनाइएकै स्थानमा पोलबाट तार निकालेर छाडेका कारण पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेलमा यस्तो बिजोग हुँदा पर्यटकीय क्षेत्रमा कस्तो असर पर्ला सम्बन्धित निकायको ध्यान जाओस् ।


