२०८३ बैशाख ८, मङ्लबार
 

अझै शुरु भएन बन्दसत्र,पदाधिकारी छान्न सकस, ओलि बसेको होटलमा पद माग्न नेताको घुँइचो।

चितवन

prabhu bank home loan

नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। आज मनोनय दर्ता गराउने कार्यसूचि रहेपनि सर्वसम्मत नेतृत्वको खोजी गर्दा बन्दसत्र सुरु हुन नसकेको हो। बन्दसत्र विहान १० बजेबाट सुरु हुने भनिएको थियो। साँझ ७ बजेबाट बन्द सत्र सुरु गोकुल बास्कोटाले बताए।

अध्यक्षमा भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुभाषचन्द्र नेम्वाङ आकांक्षी छन्। यस्तै महासचिवमा शंकर पोखरेल, विष्णु पौडेल आकांक्षी छन्। महाधिवेशनमा नेतृत्वमा सर्वसम्मत नाम प्रस्ताव गर्न अध्यक्ष केपी ओलीलाई सकस परेको छ।

अध्यक्ष ओली बसेको होटल सफारीमा नेताहरु पटक पटक छलफलमा जुटिरहेका छन्। अहिले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग ओलीले छलफल गरिरहेका छन्। ओली बसेको होटलमा उनलाई भेट्न आउने नेताहरुको बाक्लो भीड पनि छ। तर लामो प्रतिक्षापछि पनि कतिपय नेताहरुले ओलीसँग भेट्न पाएका छैनन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने