२०८३ बैशाख १६, बुधबार
 

सात दिनभित्र सूचना दिन आयोगको आदेश ।

prabhu bank home loan

 

कार्तिक ४ गते बसेको राष्ट्रिय सूचना आयोगको इजलासले ४३ वटा निकायलाई सात दिनभित्र माग बमोजिमको सूचना उपलब्ध गराउनु भनि आदेश दिएको छ ।
शारद भुसाल झा ले गर्नु भएको पुनरावेदन उपर कारवाहि गर्दै आयोगले शारदा न.पा. सल्यान, मधुवन न.पा. बर्दिया, कन्काई न.पा. झापा, मेची न.पा. झापा, निजगढ न.पा. बारा, ईनरुवा न.पा. सुनसरी, मादी न.पा. संखुवासभा, बेलका न.पा. उदयपुर, बेलकोट न.पा. नुवाकोट, बुद्धशान्ति गाउँपालिका झापा, सुनकोशी गाउँपालिका ओखलढुङ्गा, चम्पादेबी गाउँपालिका ओखलढुङ्गा, अजिरकोट गाउँपालिका गोरखा, मदाने गाउँपालिका गुल्मी, मेन्छयामेम गाउँपालिका तेह्थुम, फाल्गुनानन्द गाउँपालिका पाँचथर, खोटेहाङ्ग गाउँपालिका खोटाङ्ग, ऐसेलुखर्क गाउँपालिका खोटाङ्ग, चिशंखुगढी गाउँपालिका ओखलढुङ्गा, साँघुरीगढी गाउँपालिका धनकुटा, मिक्वाखोला गाउँपालिका ताप्लेजुङ्ग, माप्यदूधकोशी गाउँपालिका सोलुखुम्बु, जिल्ला प्रशासन कार्यालय रुपेन्देही लाई सात दिनभित्र सूचना उपलब्ध गराउनु भन्ने आदेश जारी भएको छ ।
उल्लेखीत स्थानिय निकायहरुले विभिन्न संघ संस्था, व्यवसाय, स्थानिय निकायमा सुचीकृत, दर्ता हुदा र सिफारीस गरे वापत के कति शुल्क लिने गरेको छ, सो को सूचना माग गर्नु भएको थियो । उल्लेखीत निकायका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएको÷अपूर्ण उपलब्ध गराएकोले आयोगमा पुनरावेदन गरीएको थियो ।
दुर्गा आचार्यले गर्नु भएको पुनरावेदन उपर कावाहि गरी आयोगले देवचुली न.पा. नवलपरासी, कावासोती न.पा. नवलपरासी, गैडाकोट न.पा. नवलपरासी, कुश्मा न.पा. पर्वत, पैयुँ गाउँपालिका पर्वत, फलेवास न.पा. पर्वत, महशिला गाउँपालिका पर्वत, मोदी गाउँपालिका पर्वत, विहादी गाउँपालिका पर्वत, जलजल गाउँपालका पर्वत, रामाशोसन गाउँपालिका अछाम लाई सात दिनभित्र माग बमोजिमको सूचना उपलब्ध गराउनु भनि आयोगले आदेश दिएको छ ।
दुर्गा आर्चायले उल्लेखीत निकायहरुका प्रतिनिधीहरुले के कति सेवा सुविधा पाएका छन्, स्थानिय क्षेत्रको भौगोलिक क्षेत्रफल र कोभीड महामारी रोकथाममा के कति चर्ख भयो भनि सूचना माग गरेकी थिइन् ।
शितावती सिलवालले गर्नु भएको पुनरावेदन उपर कारवाहि गरी आयोगले एसियन लाईफ इन्सोरेन्स क.लि. केन्द्रिय कार्यालय मैतीदेबी काठमाण्डौंलाई माग बमोजिमको सूचना सात दिनभित्र दिनु भनि आदेश दिएको छ । निवेदकले एसिएन लाईफसँग व्यक्तिगत सूचना माग गरेकी थिइन् ।
सतिष बाबु कार्कीले गर्नु भएको पुनरावेदन उपर कारवाहि गरी आयोगले त्रियुगा न.पा. उपदयपुर लाई सात दिनभित्र माग बमोजिमको सूचना उपलब्ध गराउनु भन्ने आदेश दिएको छ ।
निवेदकले न.पा.सँग पछिल्लो पटक निर्वाचित पदाधिकारीहरुले न.पा. को बैठकमा गरेका सपूर्ण निर्णयहरुको प्रतिलिपी र बैठक भक्त वापत भएको खर्चको विवरण माग गरेको थिए ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने