२०८३ बैशाख ५, शनिबार
 

चीनबाट आइपुग्यो थप ४४ लाख भेरोसेल खोप

काठमाडौ

prabhu bank home loan

चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज शुक्रवार दिउँसाे काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजाे बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

यसअघि एक भायलमा दुई डोज खाेप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यो खोप १८ वर्षदेखि  ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ । यस्तै हिमाली जिल्लामा भने १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने