२०८३ बैशाख १७, बिहिबार
 

कास्किमा निषेधाज्ञा पुर्ण रूपमा हट्यो

पोखरा

prabhu bank home loan

कास्कीमा जारी भएको लकडाउन खुलेको छ। दोस्रो कोरोना संक्रमण नियन्त्रण गर्न बैशाख १५ गतेदेखि जारी भएको लकडाउन असोज १ गतेदेखि खुलेको हो।

लकडाउन खुलेसँगै अब पोखरा र समग्र कास्की जिल्लामा स्कुल, होटल, रेष्टुरेण्ट, रात्रीकालीन व्यवसाय, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। लामो समय लकडाउनको मारमा परेको पर्यटन व्यवसाय लकडाउन खुलेसँगै लयमा आउने विश्वासमा छन्।

लकडाउन खुलेसँगै अब आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम सुरु गर्दै छुटका कार्यक्रम घोषणा गर्ने तयारीमा पोखराका पर्यटन व्यवसायी छन्। पहिलो चरणमा आन्तरिक पर्यटनलाई लक्षित गरी छुटका कार्याक्रम ल्याइने पोखरा पर्यटन परिषद्‍का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। पोखराका पर्यटन व्यवसायीले मंगलबार नै लकडाउन हट्ने विश्वासमा पोखराका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थल असोज १ गतेदेखि खोल्ने निर्णय गरेका थिए।
पोखराका सहाशिक गतिविधि प्याराग्लाइडिङ लगायतका गतिविधि पनि असोज १ गतेदेखि सञ्चालन गर्ने नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताएका थिए।

यस अघि पहिलो लकडाउन खुकुलो भए पनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन्। पछिल्लो दिनमा कोरोना संक्रमण र मृत्युदर घटेको कारण लकडाउन खुला गर्ने निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा स्वास्थ्य सतर्कता अपनाएर सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार र पर्यटकीय स्थलको समय बढाइएको छ। पोखराका होटल तथा रेष्टुरेन्ट राति साढे ११ बजेसम्म  खोल्न पाइने उल्लेख गरिएको छ भने डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ।
लकडाउन खुला गरिए पनि संक्रमण दर बढ्लै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। लामो समय भएको लकडाउनको कारण सबैभन्दा धेरै मारमा परेको पर्यटन उद्योग लकडाउन हटेसँगै लयमा फर्कने विश्वास व्यवसायीमा छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने