२०८३ असार ३१, बुधबार
 

ढुक्क हुनुहोस् MCC पास हुँदैन, राष्ट्रहित बिपरित माओवादी केन्द्र जादैन:प्रचण्ड

काठमाडौ

prabhu bank home loan

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएको तर अहिलेसम्म जवाफ नआएको खुलस्त पार्दै एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए ।

उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

साथै, उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । उनले भने ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने