२०८३ असार ३१, बुधबार
 

असोज १ गतेबाट खुल्दै उपत्यका का बिद्यालयहरु

रमेश न्यौपाने “राधाकृष्ण”

prabhu bank home loan

आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवै खाले विद्यालय भौतिक रूपमा नै विद्यार्थीको उपस्थिति हुने गरी सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो। स्थानीय तहको शिक्षा शाखाले कोभिड संक्रमणको अवस्था हेरेर स्कुल खोल्न दिने सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर अब स्कुल खोल्न सकिनेछ।

स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न दिने निर्णय यसअघि नै प्रशासनले गरिसकेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले करिब दुई साताअघि शिक्षा सचिवलाई भेटेर भौतिक रुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने