२०८३ भदौ १६, मङ्लबार
 

राशिफल

prabhu bank home loan

भदौ २२ गते मंगलबार २०७८ (07 Sep, 2021, Tuesday) मेष–आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन्। मान–सम्मानपाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ ।चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्।

वृष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।

मिथुन–नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ।अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ।

कर्कट–पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्।स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

सिंह–तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

कन्या–रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्।आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ।

तुला–दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन्। नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने समय छ।

वृश्चिक–सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ ।आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला।अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला।

धनु–व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। अरूको भरपर्दा धोका पाइएला। मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्।

मकर–सन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ।

कुम्भ–समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्। मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछप्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ ।

मीन–आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ, साथै सवारीसाधन चलाउदा पनि सावधान रहनु होला ।वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने