२०८३ बैशाख ८, मङ्लबार
 

मर्नु सिवाय म सँग अरु समस्याको हल थिएन

शर्मिला सापकोटा-नवलपुर

prabhu bank home loan

गजल

तिम्रो याद बिना बाँच्नु मलाई एक पल थिएन
निस्वार्थ प्रेम गरेकि थिएँ ममा कुनै छल थिएन

बलिन्द्र अश्रु धारा बगाएर यो मन हल्का गर्छु
तिम्रो साथ त के आँसु पुछ्ने मलमल थिएन

तड्पाईमा कति रात गुजारें गनि साध्य छैनन्
उठेन तिम्रो फोन नभन गरेको एककल थिएन

आयौ गयौ सुन्छु हल्ला भेट्नै आएनौ तिमी
यो पुष्टि हुन्छ मनमा मायाको तलतल थिएन

गाउँभरी हल्ला थियोे मुख देखाई बाँच्नु कसरी
मर्नु सिवाय म सँग अरु समस्याको हल थिएन

✍️शर्मिला सापकोटा, नवलपुर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने