२०८३ भदौ ८, सोमवार
 

साताको “गजल”

निमा पौडेल तिवारी,

prabhu bank home loan

 

गजल
टाउको काटिन्छ ,खुट्टा काटिन्छ्न तपाईं भन्नुहुन्छ
फेरि कसरी प्रेम नै हो जीवन तपाईं भन्नुहुन्छ

जिउँदै बुहारी जलाएको खबर पढेर आएकी छु
दाइजो प्रथाको भयो उन्मुलन तपाईं भन्नुहुन्छ

तपाइले छुरा धस्दा पनि म चुपचाप सहिरहेँ
दुख्ने लगाइस तिखा वचन तपाईं भन्नुहुन्छ

मेरो जिवनमा शितल दिने पिपल हुन् प्रेमी
बालेर आगो मनमा दनदन तपाईं भन्नुहुन्छ

मलाइ बेहुली बनाएर हजुर बेहुला बनेको
कहिल्यै बिर्सिन्न त्यो बचपन तपाईं भन्नुहुन्छ

म हजुरकै खुशिको निम्ति मैन बनेर पग्लिरहेँ
कसिलो भएन मायाको बन्धन तपाईं भन्नुहुन्छ

निमा तिवारी
देवचुली , नवलपुर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve + 20 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने