२०८३ जेष्ठ ११, सोमवार
 

मंगलबार देउवाको नेतृत्वमा सरकार गठन गर्ने गठबन्धनको निर्णय

prabhu bank home loan

काठमाडौ,

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतको विपक्षी गठबन्धनको बैठकले सरकार बनाउन लाग्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।

‘सर्वोच्च अदालतको फैसला अनुसार मँगलबार नै सरकार बन्छ । सरकार बनाउनको निम्ति हामी लागिपर्ने हो । संयुक्त गठबन्धनको सरकार हुन्छ । यसलाई प्रभावकारी रूपमा लिएर जाने कुरा भएको छ’ नेता भट्टराईले भन्नुभयो, ‘कोरोना विरुद्धको भ्याक्सिन, अर्थतन्त्रका संकट भ्रष्टाचार लगायतका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे बेलैमा तयारी गरेर अगाडि बढ्नेबारे छलफल भयो । सम्भव भएसम्म राष्ट्रिय एकता कायम गर्नका लागि प्रयत्न गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने