२०८३ बैशाख ८, मङ्लबार
 

खोपको अभाव क्रमशः सुल्झँदै गएको प्रधानमन्त्रीको भनाइ

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ठ र प्रतिस्पर्धात्मक क्षमता युक्त बनाउँदै लैजान सकिएमात्र भोली देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउनसक्ने बताउनु भएको छ । बुधबार राजधानीमा सम्पन्न नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राख्नुभएको हो ।

बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हकसमेत नपाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको पनि उहाँले बताउनुभयो । यसका साथै त्यस्ता संस्थाहरुले कहिलेकाहीँ आफ्नो उचाई विपरित संकिर्ण दायरामा आफूलाई प्रस्तुत गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

‘परिणाम स्वरुप नेपाली बालकाबालिका अभिभावकविहिन हुने र संरक्षण गर्ने कोही नहुने स्थितिमा समेत पुगे । हाम्रा छोराछोरी खाते भन्दै बदनाम गरिए’ उहाँले भन्नुभयो । यसका साथै विभिन्न ढंगले ब्यक्तिगत स्वार्थमा बालबालिकिालाई प्रयोग गर्ने काम समेत भए । ‘कहिँ रित पुर्याएर त कही गुपचुप ढंगले बालबालिकाको दुरुपयोग भयो आगामी दिनमा आगामी दिनमा यस्ता कुरालाई सम्पूर्ण रुपले रोक्नुपर्छ’ प्रधानमन्त्रीको भनाई थियो ।

सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचार गर्ने र आवश्यक सबै प्रबन्ध गर्ने साथमा उनीहरुलाई अरु बालकालिकाको तुलनामा कम नहुने गरी विकास गर्ने समेत प्रधानमन्त्रीले बताउनुभयो । यसकार्यमा बालमन्दिरलाई नेपाल सरकारका तर्फबाट संठनात्मक तथा भौतिक पुर्वाधारमा पूर्ण सहयोग हुने भनाई पनि उहाँको थियो । नेपाल बाल संगठनले यसतर्फ आफ्नो मनोबल कमजोर गर्ने र हरेस खानु नहुने बताउँदै प्रधानमन्त्रीले अब कमजोरीहरु हटाइ संगठन अघि बढ्ने समेत बताउनुभयो ।

अलगै प्रशंगमा प्रधानमन्त्रीले सरकारले कोरोना विरुद्धको खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभयो । सन २०२१ भित्रै सबै नागरिकहरुलाई खोप लगाइने जानकारी दिँदै उहाँले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेरै गर्न सकिने धारणा पनि प्रधानमन्त्रीको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने