२०८३ बैशाख ५, शनिबार
 

निजी डेरीले पनि पाए एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो

prabhu bank home loan

काठमाडौं,

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगोको औपचारिक रुपमा वितरण सुरु भएको छ । निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले शुक्रबार उक्त डेरीलाई लोगो प्रदान गरेको हो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा बुधबार एक कार्यक्रमका बीच लोगो हस्तान्तरण गरिएको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताउनु भएको छ । पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमशः प्रक्रियासहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको उहाँको भनाइ छ । अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुनेछ ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति २०७८ जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह (लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गर्नुभएको थियो । हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रलाई लोगो वितरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मल, बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादव, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, उपमेयर रमा राई, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, सदस्य माधब पौडेल, नगरपालिका कृषि शाखाका प्रमुख काजी बहादुर श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, महासचिव प्रल्हाद दाहाल, केन्द्रिय सदस्य मनोज कुमार घिमिरे, एसोसिएसन काभ्रेका अध्यक्ष रबिन्द्र हुमागाईं, बोर्डका प्रशासन अधिकृत बिदुर राई लगायत मन्त्रालय, बोर्ड तथा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डका कार्यकारी निर्देशक यादबले बताउनुभयो ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४ डिग्री सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ । किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो । कार्यक्रममा लोगोको उपयोगिता बारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको बताउँदै एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले यस्तो महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिनुभयो । मन्त्रालयका कार्यवाहक सचीव डा. निर्मलले अब देशै भरी यसरी नै लोगो बितरण गर्दै जाने र यसको जानकारी सम्बन्धित सरोकारवाला, सुरक्षा निकाय लगायत आवश्यक अन्य सबै स्थानमा गराउँदै जाने बताउनुभयो ।

नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बोर्डले सुरू गरेको लोगो वितरण कार्यको प्रशंसा गर्दै यसको य्रयोगमा एसोसिएसनको पुर्ण साथ रहने बताउँदै लोगोको प्रयोगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनु पर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने