२०८३ बैशाख ६, आइतवार
 

मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा परी ५० जना सम्पर्कविहीन

सात जनाको मृत्यु भएको पुष्टि

prabhu bank home loan

मेलम्ची,

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको बताउनु भएको हो ।

अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीमा परी ५० जना सम्पर्कविहीन भएका छन् । मेलम्ची खानेपानी ड्याममा समेत क्षति गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्ग्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण बगाएको छ ।

May be an image of sky, road, mountain, tree and lake

मेलम्ची खानेपानी आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन् । बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्कमा क्षति भएको स्थानीयले जनाएका छन् ।

मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानीय सिपी दुलालले बताउनुभयो । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुटन स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अपिल गर्नु भएको छ । मन्त्री तामाङले आजै निरीक्षण गर्ने र सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने पनि जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमार्फत उहाँले स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्नु भएको छ भने अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन पनि आग्रह गर्नुभएको छ । विहान उज्यालो भएसँगै खोज, उद्दार तथा राहतको काम सुरु भएको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले जनाएको छ ।

खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसी नदीसम्मका आसपासका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन सरकारले अपिल गरेको छ ।

May be an image of outdoors

May be an image of road, tree and body of water

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 + twenty =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने