

काठमाडौं,
नेपाली काँग्रेसको संगठन विभागले भदौमै पार्टीको १४ औं महाधिवेशन हुने बताएको छ । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सोमबार विज्ञप्ति निकालेर भदौ १६ देखि १९ सम्म महाधिवेशन प्रस्ताव भएको र सोही बेला महाधिवेशन हुने उल्लेख गर्नु भएको छ ।
महाधिवेशन मितिबारे छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । भदौभित्रै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले महाधिवेशन तयारीमा लाग्न पनि संगठन विभाग प्रमुख श्रेष्ठले आग्रह गर्नु भएको छ । ‘काँग्रेसको १४ औं महाधिवेशन यही भदौ मसान्तसम्म गर्नु पर्ने संवैधानिक वाध्यता समेतलाई ध्यानमा राख्दै पार्टी पदाधिकारी वैठकको निर्णयअनुसार यहि भाद्र १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बमोजित स्वास्थ्यका सबै मापदण्ड अपनाई तोकिएको समयसीमाभित्र स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन गर्न पार्टीका सम्पूर्ण तह र तप्काका साथीहरु, भातृ र सुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका साथीहरुलाई हार्दिक आव्हान गर्दछु’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै संगठन विभागले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित हुनुपर्ने पनि बताएको छ । ओली सरकार विस्थापित गर्न राजनीतिक र कानुनी लडाइँ लड्न पनि श्रेष्ठले अपिल गर्नुभएको छ । साथै कोरोना खोप सबै नागरिकका लागि उपलब्ध गराउन पनि कांग्रेस संगठन विभागले माग गरेको छ ।



