२०८३ बैशाख २, बुधबार
 

हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँसहित पक्राउ

prabhu bank home loan

पर्सा,

अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका ३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल १८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल ९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका ४ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट ना. ८ प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

six + twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने