२०८३ बैशाख ३, बिहिबार
 

सय रङ्ग दमकको शुभारम्भ कार्यक्रम

prabhu bank home loan

झापा,

रोट्याक्ट क्लब अफ दमक र नगर बाल सञ्जाल दमकको संयुक्त आयोजना तथा इन्टर्याक्ट क्लब अफ जेम्सको सह आयोजनामा तथा दमक नगरपालिकाको लगानीमा रहेको सय रङ्ग दमक शीर्षकको कार्यक्रम सुरुवात गरिएको छ ।

कार्यक्रमको पहिलो चरणमा दमक ४ मा रहेका ताराबारी, जनचेतना र बिद्योदय आधारभुत विद्यालय र दमक ५ को दिपिनी आधारभूत विद्यालयमा फुलबारी निर्माण गरिसकिएको छ । हरित नगर समृद्ध शहर सहितको मुल नारालाई आत्मसाथ गर्दै दमक नगरभित्रका सबै सामुदायिक विद्यालयमा फुलबारी निर्माण गर्ने र विद्यालय सुचारु भएपछि विद्यालयलाई नै हस्तान्तरण गर्ने रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले बताउनु भएको छ ।

फुल तथा फल प्रजातिका बिरुवाहरु आवश्यकता अनुसार रोपेर विद्यालयको समग्र वातावरणलाई सुन्दर बनाउँदै लैजाने र प्रयोगात्मक रुपमा विद्यालयका विद्यार्थीहरुलाई परियोजना कार्यक्रम गर्न लगाइ प्रतिस्पर्धात्मक रुपमा कार्यक्रम सञ्चालन गरिरहने अध्यक्ष ढकालले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा दमक नगर उपप्रमुख गीता अधिकारीले कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने र दमकको समग्र पर्यावरण सफा सुन्दर बनाउन कार्यक्रम निकै लाभदायक रहने कुरा बताउनु भएको छ । दमकका सबै सामुदायिक विद्यालयमा निर्माण गरिने फुलबारीको संरक्षणको जिम्मा लिएर त्यसको रेखदेख गरि त्यसलाई व्यवस्थित बनाउदै लगेर कार्यक्रमलाई सहयोग गर्न उपमेयर अधिकारीले सबैलाई अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ८ का वडा सदस्य भिमराज चम्लगाइ, महिला सदस्य तथा दमक नगर कार्यपालिक सदस्य मीना प्याकुरेल, जनचेतना आधारभुत बिद्यालयका प्रअ केदार सुवेदी रोटरी क्लब अफ दमकका अध्यक्ष शान्ता ढकाल, रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईं नगर बाल सञ्जालका अध्यक्ष मनी कुमार बुढाथोकी र इन्टर्याक्ट क्लब अफ जेम्सका अध्यक्ष आभास नेपालको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाको लगानी रहेको छ भने रोट्याक्ट क्लब क्लब अफ दमक, नगर बाल सञ्जाल र इन्ट्रर्याक्ट क्लब अफ जेम्सको संयुक्त आयोजना गरेको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने