२०८३ बैशाख १८, शुक्रबार
 

२९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा (गृह मन्त्रालयको सूचनासहित)

prabhu bank home loan

कोभिड १९ सङ्क्रमण दर तीव्र रुपमा फैलिइरहेका २९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञाको घोषणा गरिएको छ। त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा गए राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने गृहमन्त्रालयले जनाएको छ।

२९ मध्ये ७ जिल्लामा आंशिक निषेधाज्ञा छ। आंशिक निषेधाज्ञा भएका जिल्लाहरु बाग्लुङ, बर्दिया, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा र बाजुरा रहेको मन्त्रालयले सनिबार जारी गरेको सूचनामा उल्लेख छ । प्राप्त विवरणअनुसार सल्यानमा जिल्लाभर, दार्चुलाको महाकाली नगरपालिकामा, डडेल्धुरा जिल्लाभर, रुकुम पश्चिम जिल्लाभर आइतबार विहान ६ बजेदेखि र बाजुरको हिमाली गाउँपालिका क्षेत्रभित्र विहान ५ बजेबाट निषेधाज्ञा सुरु भएको छ ।

गएराती अर्थात बैशाख १८ गते राती १२ बजेदेखि जाजरकोट जिल्लाभर, मोरङको विराटनगर महानगरपालिका, बुढीगँगा गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ र मित्रराष्ट भारतको र सुनसरीसँग सीमा जोडिएको क्षेत्र, गोरखाको भिमसेन गाउँपालिका ७ र ८ निषेधाज्ञा लागु भएको छ ।

प्यूठानमा शनिबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा कार्यान्वयन भइसकेको छ भने उदयपुरमा जिल्लाभर आइतबार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ। घोषित विवरणअनुसार काभ्रेमा आइतबार रती १२ बजेदेखि लागू हुनेगरी अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदार सम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको छ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा निषेधनज्ञन कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने