२०८३ जेष्ठ १२, मङ्लबार
 

काठमाडौंमा भेरोसेल खोप लगाउने कार्य स्थगित

prabhu bank home loan

काठमाडौं,

काठमाडौं जिल्लामा कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित भएको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (विहीबार) देखि केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते देखि पनि भेरोसिल खोप काठमाडौंमा निरन्तर सञ्चालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काले जारी गर्नु भएको सूचनामा भेरोसेल खोप लगाउने कार्य स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भिडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने