२०८३ बैशाख ४, शुक्रबार
 

कोरोना नियन्त्रणका लागि पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई महासंघको आग्रह

prabhu bank home loan

काठमाडौं,

नेपाल पत्रकार महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिदैँ स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासंघको आज बसेको बैठकले सञ्चारगृहलाई पनि कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन महासंघ आग्रह गर्दछ ।

समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्र्न र प्रविधिको उच्चतम प्रयोग गरेर सुरक्षित वातावरण निर्माण गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गर्दा सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै महासंघले समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा समिति समेत गठन गरेको छ । उक्त समितिमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिवहरु पवन आचार्य र नारायण सुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई समावेश गरिएको उहाँको भनाइ छ ।

त्यस्तै कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न महासचिव रोसन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईँ, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरु शन्तराम बिडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल, कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको छ ।

बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौतीहरु सामना गर्न महासंघको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रियरुपमा काम गर्न निर्देश गरेको छ ।

सम्भावित जोखिमबाट सञ्चारक्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि महासंघले सरकारसँग विशेष आग्रह गरेको छ । सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिड विरुद्धको लडाइँमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासंघले आग्रह समेत गरेको छ ।

साथै सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य तथ्य समाचार सामग्री संप्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्न पनि अपिल गरेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने