२०८३ असार ३१, बुधबार
 

२ हजार ३ सय ५१ जना संक्रमित, हरेक ४ दिनमा दोब्बरले बढ्दै

prabhu bank home loan

काठमाडौं,

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट २ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २ सय २० जना संक्रमित फेला परेको हो ।

त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट एक सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमण हुनेको सँख्या २ लाख ८९ हजार ७ सय ८७ जना पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर घर फर्कनेको सँख्या २ लाख ७६ हजार ९३ जना रहेको उहाँको भनाइ छ ।

२ हजार ३ सय ५१ मध्ये काठमाडौं उपत्यकामा १ हजार ५१ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । काठमाडौंका ७ सय ८६, ललितपुरका एक सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उपत्यकाबाहिर बाँकेका २ सय २५, रुपन्देहीका एक सय २४, कास्कीका ८८, पर्साका ८१, दाङका ७४, बाग्लुङका ५३ र सुर्खेतका ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार एक सय १२ पुगेको छ । यो कुल संक्रमितको १.०७ प्रतिशत हो ।

पछिल्लो समय कोरोना संक्रमण दर बढीरहेपछि कोरोना निको हुने दर भने घटेको छ । पीसीआर विधिबाट ९ हजार ६ सय ४७ जनामा परीक्षण गरिएकोमा २४ दशमलव ३७ प्रतिशतमा कोरोना संक्रमण देखिएको र निको हुनेको प्रतिशत जम्मा ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कनु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढेको भन्दै अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमण दर दोब्बर भएको भन्दै अहिले रहेका स्वास्थ्य संरचनाले नै धान्न नसक्ने स्थिति आउनसक्ने बताउनुभयो ।

‘संक्रमण दर अत्यधिक बढेको छ । हाम्रो संरचनाले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भइरहेको छ,’ उनले भने, ‘अत्यन्त जरूरी नपरी घरबाट बाहिर ननिस्कनुस् ।’ साथै, मन्त्रालयले सभा, भेला, गोष्ठी, सेमिनार, मिटिङ तथा जात्रा जस्ता बढी भीडभाड हुने ठाउँमा पनि सहभागी नहुन अपिल गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने