२०८३ बैशाख ५, शनिबार
 

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले पुरानै मन्त्रालयमा लिए शपथ

prabhu bank home loan

काठमाडौं,

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको हो ।

नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो । बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले चारै जनालाइृे पुरानै मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभाको सदस्य नभएका कारण उनीहरु अबको ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने