२०८३ जेष्ठ १२, मङ्लबार
 

कुबिण्डेका सहिद परिवारलाई सम्मान

prabhu bank home loan

चौतारा,

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुबिण्डेमा जनयुद्धका २६ जना सहिद परिवारलाई सम्मान गरिएको छ । ४ नं. वडा कार्यालयको आयोजनामा जनयुद्धमा सहादत प्राप्त गर्नुहुने महान सहिदहरुका परिवारलाई सोमबार एक कार्यक्रमका बीच सम्मान तथा अन्तरक्रिया गरिएको छ ।

१० बर्षे जनयुद्धको बेला साविक कुबिण्डे गाविसबाट मात्रै २६ जना सहिद हुनुभएको थियो । सहिद परिवार सम्मान तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा वडाका २६ जना सहिदका परिवारलाई एक एक सेट खाना पकाउने एलपिजी ग्याँस सिलिण्डर र ग्याँस चुल्हो वितरण गरिएको वडा अध्यक्ष चुडामणि नेपालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटाले सहिदको नाममा राजनीति गरेर केही नेताहरूले धोका दिएको बताउनुभयो । “महान सहिदहरुका सपनालाई अधुरै छोडी केही नेताहरु आफ्नो स्वार्थको लागि अर्को पार्टिमा लागेका छन्, उनिहरु गद्दार हुन्, उनीहरुलाई सहिदको रगतले सराप्ने छ” उहाँले भन्नुभयो ।

नगर प्रमुख अमान सिं तामाङले सहिदहरुका सपना पूरा गर्न आफू पुर्णरुपमा लागिपरेको बताउनुभयो । सहिदहरुका सुनौला सपनाहरु आफुले कहिल्यै नबिर्सिने र आफ्नो कार्यकाल रहुन्जेल नीति तथा कार्यक्रम मार्फत सहिदका सपनाहरूलाई सम्बोधन गरिरहने समेत उहाँको भनाइ छ ।

वडा अध्यक्ष चुडामणि नेपालले सहिद परिवारका आँसु रोक्न नसके पनि भान्साको काममा केही राहत मिलोस भन्ने उद्देश्यले ग्याँस चुल्हो बितरण गरिएको जानकारी दिनुभयो । सहिद परिवारबाट सहभागी तुलसिमाया नेपालले जनयुद्धको बेला बेपत्ता पारिएको आफ्नो छोरो खोजिदिन अनुरोध गर्नुभयो ।

“मेरो मरिसकेको छोरो खोजिदेउ भन्दिन तर बेपत्ता भएको छोरो को कि सास चाहियो कि लास चाहियो” उहाँले भन्नुभयो । नेकपा माओवादी केन्द्र पटक पटक सरकारमा पुग्दा पनि जनयुद्धका बेला बेपत्ता भएकाहरुको खोजीका लागि पहल नगरेकोमा उहाँले आक्रोश व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहिद प्रतिष्ठान नेपालका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा हुनुहुन्थ्यो भने नगर प्रमुख अमान सिं तामाङ, नेकपा माओवादी केन्द्रका नेता भोला सापकोटा लगायतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने