२०८३ जेष्ठ १२, मङ्लबार
 

पानी परेपछि वन डढेलोमा कमी

prabhu bank home loan

काठमाडौं,

बुधबार पानी परेपछि देशभर डढेलो सँख्यामा कमी आएको छ । अहिले मध्य तथा सुदुरपश्चिमको क्षेत्रका केही स्थानमा डढेलो लागिरहेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । बुधबार साँझदेखि विहीबार विाहनसम्म देशभरका ४४ स्थानमा डढेलो लागिरहेको छ ।

अहिले सबैभन्दा बढी डढेलो डोटी, डडेलधुरा र सल्यानमा देखिएको छ । डोटीको ९ स्थानमा र डडेलधुरा र सल्यानका ७ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ ।

त्यसपछि सुर्खेतका ४ स्थानमा, प्रदेश नम्बर १ को सुनसरीका ३ स्थानमा र प्रदेश २ को पर्सा जिल्लाका ३ स्थानमा डढेलो लागिरहेको विभागले जनाएको छ ।

डढेलोको मुख्य जोखिम हुने समय फागुनदेखि जेठसम्म हो । तर यो वर्ष मंसिरयता ७३ जिल्लाका २ हजार ७ सय १३ स्थानमा डढेलो लागिसकेको छ । गत वर्ष यही अवधिमा १ सय ८८ स्थानमा मात्र डढेलो लागेको थियो । प्रिमनसुन सुरु भइसके पनि पानी पार्ने प्रणाली भित्रिन ढिलाइ हुँदा डढेलोको जोखिम अरू बढ्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने