२०८३ भदौ १३, शनिबार
 

निर्वाचन आयोगद्धारा नेकपाको दर्ता खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनु पर्ने

prabhu bank home loan

काठमाडौं,

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको छ । मँगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले नेकपा खारेजीसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण अघिको अवस्थामा रहेको जानकारी संघीय संसद सचिवालय र सातवटै प्रदेशसभालाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि नेकपा खारेजीसँगै दल साविकको अवस्थामा कायम रहेको जानकारी दिने निर्णय भएको उहाँको भनाई छ । आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ ।

‘साविकमा राजनीतिक दलका रूपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र अलग(अलग राजनीतिक दलका रूपमा सविककै अवस्था २०७५ जेठ २३ भन्दा अघि रहेको सूचना प्रकाशत गर्नेु,’ आयोगको निर्णयमा भनिएको छ ।

निर्वाचन आयोगले यसअघि गोपाल किराँतीको नाममा रहेको नेकपा माओवादी केन्द्रलाई नयाँ नाम र चुनाव चिन्ह तथा सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमालेलाई नयाँ नाम प्रस्ताव गर्न सुझाएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलको भएको फैसला गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन् । ती पार्टी ब्युँतिएपछि उक्त नाममा आयोगमा यसअघि दर्ता भएका किराँती र तिवारी नेतृत्वको पार्टीको नाम सुधार गर्न आयोगले भनेको हो ।

हेर्नुहोस् आयोगको विज्ञप्तिः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने