२०८३ भदौ १४, आइतवार
 

मेलम्चीको पानी सुन्दरीजलमा, प्रधानमन्त्रीद्धारा पानीको स्वागत

prabhu bank home loan

काठमाडौं,

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको छ । फागुन १० गते सुरुङमा हालिएको पानी १३ दिनपछि काठमाडौं आइपुगेको हो ।

यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।  आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गर्नु भएको छ ।

‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’ उहाँले भन्नुभयो, ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’ मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो कपाल बाँकी नरहेको प्रधानमन्त्रीको भनाइ छ ।

यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ ।

काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने