२०८३ बैशाख १८, शुक्रबार
 

दिवा खाजाको तालिका सार्वजनिक, ६ किसिमका मेनु सिफारिस

prabhu bank home loan

काठमाडौं,

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा दिइने दिवा खाजाको तालिका सार्वजनिक गरेको छ । केन्द्रले प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने ४ देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खुवाइने खाजाको ६ वटा मेनु सार्वजनिक गरेको हो ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगाका लागि पोषिलो जाउलो, मकैको खीर र तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, र आलु पनीर सिफारिस गरेको छ ।

त्यस्तै मध्य पहाडका जिल्ला सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, नवलपुर, पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, पर्वत, लमजुङका लागि पोषिलो जाउलो, कोदोको हलुवा, तरकारी, चिउरा मासु, क्वाँटी, मकैको खीर, र तरकारी र पानी रोटी सिफारिस गरेको छ ।

पश्चिम पहाडी जिल्ला बाग्लुङ, म्याग्दी, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डोटी, बैतडी, डडेलधुरा जिल्लामा पोषिलो जाउलो, फापरको रोटी, मकैको खीर, क्वाँटी, ढिँडो र कोदोका पुवा सिफारिस गरिएको छ ।

पुर्वी तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका लागि खिचडी, छोला चिउरा, गेडागुडी मिक्स, गहुँको हलुवा र तरकारी, चिउरा मासु र मकैको लावा फूल खाजा सिफारिस गरिएको छ ।

पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको मेनुमा भुटेको अण्डा र भात, चना, चिउरा, रोटी अचार, गेडागुडी साँधेको र दही चिउरा र तरकारी रहेको छ ।

पुर्वी हिमाली क्षेत्रका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभाका लागि मासको जाउलो, मकैको खीर, आलुदम, फापरको ढिँडो, कोदोको पुवा र क्वाँटीलाई मेनुमा राखिएको छ । मध्य हिमाली क्षेत्रका दोलखा, रसुवा, गोरखा, मनाङ र मुस्ताङ जिल्लाका लागि जाउलो, अण्डा भुजा, क्वाँटी, कोदोको हलुवा, हरियो मकैको तरकारी र आलुदम मेनुमा राखिएको छ ।

पश्चिम हिमाली क्षेत्रका जुम्ला, हुम्ला, मुगु, डोल्पा, बझाङ, बाजुरा र दार्चुलाका लागि पोषिलो जाउलो, कोदोको हलुवा तरकारी, कला र सिमीको कोल, फापरको लगर, मकै भटमास र चिनोको खिर र तरकारी राखिएको छ ।

सफाइ, खुवाइ, पढाइ र सिकाइ भन्ने नाराका साथ विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग र अमेरिकी सरकार कृषि विभागको आर्थिक सहयोगमा विद्यालय दिवा खाजा तालिका तयार गरिएको केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने