२०८३ बैशाख १८, शुक्रबार
 

अन्तरजातिय प्रेमको कथा भन्ने चलचित्र ‘घिन्ताङ’ को शुभमुहुर्त

prabhu bank home loan

काठमाडौं,

निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्नुहुने चलचित्र ‘घिन्ताङ’ को शुभमुहुर्त भएको छ । सरस्वती पूजाको अवसर पारेर आज बिहान काठमाण्डौको कमलादीमा रहेको गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो ।

यो चलचित्रमा नायक गौरव पहारीको मुख्य भूमिका रहनेछ । चलचित्रमा नायिका लक्ष्मी बर्देवा अनुवन्ध हुनुभएको छ । चलचित्रमा पहिला एलिजा गौतमलाई अनुवन्ध गरिएकोमा उहाँले चलचित्र छाडेपछि लक्ष्मी बर्देवालाई अनुवन्धित गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।

यो चलचित्रले अन्तरजातिय प्रेम विवाहको कथालाई भन्ने निर्देशक श्रेष्ठले बताउनुभयो । साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मुल्य’ कथामा आधारित रहेर यो चलचित्र निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

वर्तमान समाजका लागि प्रतिकको रुपमा यो चलचित्र बन्ने पनि निर्देशक श्रेष्ठले बताउनुभयो । नायिका लक्ष्मी वर्देवाले चलचित्रको कथा पढेपछि काम गर्नका लागि निकै नै उत्साहित रहेको प्रतिक्रिया दिनु भएको छ । काम देखाउने अभिलासा बोकेर नै आफूले यो चलचित्र साइन गरेको उहाँको भनाइ थियो ।

नायक गौरव पहाडीले चलचित्रको कथावस्तु अनुसार आफ्नो भूमिका निकै नै चुनौतीपूर्ण रहेको बताउनुभएको छ । काठमाण्डौ र चित्लाङमा यो चलचित्रको छायांकन हुनेछ । चलचित्रको प्रस्तुतकर्ता राज लामा हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने