२०८३ बैशाख ९, बुधबार
 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्ने

prabhu bank home loan

काठमाडौं,

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार काठमाडौंमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारणसभाबाट पारित भइसकेकाले अब आईपीओ निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ । आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै कम्पनीले आईपीओ जारी गर्नेछ ।

साधारणसभाले वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ ७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले नयाँ सञ्चालकहरु समेत चयन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।

संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित हुनुभएको उहाँको भनाइ छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीवनबीमा क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + 19 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने