२०८३ बैशाख ४, शुक्रबार
 

ढल्केवर विद्युत सवस्टेशनको उद्‌घाटन

prabhu bank home loan

काठमाडौं,

मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्‌घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केवर विद्युत सवस्टेशनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुलुककै सबैभन्दा ठूलो सवस्टेशनको उद्‌घाटन गर्नुभएको हो ।

हाल ढल्केबरमा एक सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ। यस्तै कूल ४ सय र २ सय २० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९ सय मेगावाट विद्युतलाई प्रसारण गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

उक्त सवस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सवस्टेशन समेत भएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । सवस्टेशनमा जडान गरिएको ३ सय १५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले आफ्नो सरकारले तराई– मधेशमा बाटो, ढल र सिञ्चाइका आयोजना बनाएको बताउँदै खेतलाई सिञ्चित गर्न पहाड छेडेर कोशी ल्याइने बताउनुभयो । ‘यही ढल्केवरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुईवटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । यस्तै ढल्केबर मुजफ्फपुर ४ सय केभी प्रसारण लाइनबाट थप एक सय मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त प्राविधिक टोलीबीच सम्पन्न नवौँ बैठकले थप एक सय मेगावाट बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय गरेको छ। सो निर्णयपछि उक्त अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले ४ सय मेगावाट बिजुली ल्याउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one + six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने