२०८३ भदौ ८, सोमवार
 

चीनले ३ लाख डोज कोरोना खोप अनुदानमा दिने

prabhu bank home loan

काठमाडौं,

चीनले पनि नेपाललाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अनुदान सहयोगमा दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोज कोरोना विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको हो ।

नेपाली मिडियालाई आइतबार प्रतिक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिनु भएको छ ।

चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दिन लागेको हो । सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ ।

चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दाबी पनि दूतावासले गरेको छ । दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति पाइसकेको छ ।

लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

यस्तै, खोप प्रयोगका लागि आवश्यक अनुमति पाउन दूतावास आफैंले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको पनि उहाँको भनाइ छ । भारतले नेपाललाई करिब दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने