२०८३ बैशाख ५, शनिबार
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा ४ लाख ९२ हजार ७७ जनालाई ६० कित्ता सेयर

prabhu bank home loan

काठमाडौं,

नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो । योग्य आवेदकमध्ये ४ लाख ९२ हजार ७७ जनाले ६० कित्ताका दरले सेयर हात पारेका छन् ।

बाँकी सबै योग्य आवेदकलाई ५० कित्ताका दरले सेयर परेको क्यापिटलले जनाएको छ । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ ।

क्यापिटलका अनुसार ६० कित्तासम्म माग गरेका योग्य आवेदकहरु सबैले आवेदन दिए अनुसार नै सेयर हात पारेका छन् । मानौं, तपाईले १० कित्ताका लागि आवेदन दिनु भएको छ भने १० कित्ता र ५० कित्ताका लागि आवेदन दिनु भएको छ भने ५० कित्ता नै परेको छ ।

६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्द भएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने