२०८३ बैशाख ५, शनिबार
 

६० विषयमा हुने निःशुल्क तालिममा माघ २५ सम्म आवेदन दिन पाइने

prabhu bank home loan

काठमाडौं,

सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम लिन इच्छुक व्यक्तिका लागि अनलाइन आवेदन दिने समय माघ २५ गतेसम्म थपिएको छ । गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट ६० भन्दा बढी तालिममा निःशुल्क सहभागी हुन अनलाइन आवेदन माग गरेको थियो ।

मितव्ययीता र मुलुकभरबाट सहजै आवेदन दिन सकियोस् भन्ने उद्देश्यका साथ अनलाइन आवेदनको व्यवस्था मिलाइएको र छुटेकाहरुले यहि माघ २५ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्ने केन्द्रका कार्यकारी अधिकृत पुष्पराज शाहीले जानकारी दिनुभयो ।

साथै उक्त तालिम सञ्चालनका लागि केन्द्रले आवश्यक प्रशिक्षकको रोस्टर समेत तयार पार्ने भएको छ । त्यसका लागि योग्य व्यक्तिले सूचीमा समावेश हुन दरखास्त दिन सक्नेछन् ।

१८ वर्ष पुरा भएका नेपाली नागरिकले तालिममा सहभागी हुन पाउने छन् । त्यसका लागि यस अघि आधारभूत तालिम लिएको कागजात र कुनै पेशा वा व्यवसायमा आवद्ध भए त्यस्तो पेशा व्यवसाय स्तरोन्नती गर्ने व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।

एक जनाले दुईभन्दा बढी तालिमको आवेदन दिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । आवेदन दिनेमध्ये छनौट भएका प्रशिक्षार्थीहरुलाई वेबसाइट तथा ईमेलमार्फत तालिम सञ्चालन हुने समयावधी, स्थान, मिति र समयको जानकारी गराइने कार्यकारी अधिकृत शाहीले जानकारी दिनुभयो ।

यस्तो छ निःशुल्क तालिमको विवरण

क्र. सं. तालिमको विषय  तालिमको अवधि सहभागी संख्या
1 हाउस वायरिङ २ महिना ७५ जना
2 उद्यमशीलता विकास ७ दिन ६०० जना
3 खाद्य प्रशोधन १० दिन ७५ जना
4 बेसिक प्याट्रन सिलाई २ महिना १२० जना
5 एडभान्स प्याट्रन सिलाई २ महिना ९० जना
6 फेसन डिजाइन २ महिना ६० जना
7 हाते इम्ब्रोइडयी २ महिना १०५ जना
8 भेर्सन इम्ब्रोइडरी २ महिना ४५ जना
9 क्रिष्टल सामग्री उत्पादन १ महिना २१० जना
10 मखमल, ढाका जुत्ता, चप्पल उत्पादन १ महिना १२० जना
11 हातेकागज र फेल्ट उत्पादन १ महिना १२० जना
12 कागज वस्तु र स्क्रिन प्रिन्ट १ महिना ४५ जना
13 रबर बोल्डिङ र रेजिनका वस्तु उत्पादन १५ दिन ६० जना
14 बेकरी एड्भान्स १५ दिन २१० जना
15 व्यूटिसियन (बेसिक) २ महिना २१० जना
16 व्यूटिसियन (एड्भान्स) २ महिना ९० जना
17 डल बनाउने १ महिना ४२० जना
18 प्लम्बिङ २ महिना १८० जना
19 मोबाइल मर्मत २ महिना २१० जना
20 मोटरसाइकल मर्मत २ महिना १५० जना
21 अटो मेकानिक (गाडी मर्मत ४ चक्के) २ महिना ९० जना
22 कम्प्युटर मर्मत-हार्डवेयर २ महिना १५० जना
23 पानी तान्ने मेसिन (पम्प पर्मत तालिम) १ महिना ९० जना
24 कफी वारिष्टा १५ दिन २७० जना
25 बेकरी बेसिक १० दिन ५१० जना
26 जाम जेली सस १० दिन २१० जना
27 आलु र केरा चिप्स ७ दिन २१० जना
28 बेद बाँसका सामग्री २ महिना ९० जना
29 म्याक्रोनी बनाउने ७ दिन २१० जना
30 रबर स्ट्याम्प साइनबोर्ड १ महिना १२० जना
31 शपिङ ब्याग बनाउने १५ दिन २१० जना
32 स्कुल ब्याग बनाउने ४५ दिन २१० जना
33 झोल साबुन बनाउने ७ दिन २१० जना
34 डल्लो साबुन बनाउने ७ दिन २१० जना
35 स्यानिटरी प्याड बनाउने १५ दिन २४० जना
36 कफी प्रोसेसिङ १५ दिन ६० जना
37 दालमोठ ७ दिन २१० जना
38 पापड ७ दिन २१० जना
39 दाना पशुपन्छी १५ दिन २१० जना
40 ट्याक्टर मर्मत २ महिना ६० जना
41 इन्डस्ट्रियल वायरिङ २ महिना ६० जना
42 बाटेको धुप ७ दिन २१० जना
43 पेपर प्लास्टिक प्लेट १५ दिन २१० जना
44 वेल्डिङ १ महिना २१० जना
45 टायल मार्वल फिटिङ २ महिना ९० जना
46 टिभी मर्मत २ महिना ९० जना
47 अटो मोबाइल वायरिङ २ महिना ९० जना
48 फेस मास्क बनाउने ७ दिन २४० जना
49 स्यानिटाइजर बनाउने ७ दिन २४० जना
50 फिनेल हार्पिक ७ दिन ४२० जना
51 टिस्यु पेपर ७ दिन १८० जना
52 मायोनेज ७ दिन २१० जना
53 दुध प्रशोधन १ महिना १२० जना
54 कर्नफ्लेक्स ७ दिन २४० जना
55 मोटर वायन्डिङ १ महिना ९० जना
56 केराको रेसा १ महिना २१० जना
57 हर्बल सामग्री १५ दिन २१० जना
58 सोलार जडान मर्मत १ महिना ६० जना
59 फ्रिज एसी मर्मत २ महिना ६० जना
60 यूपीभीसी तथा अल्मुनियम फेब्रिकेटर २ महिना ९० जना

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 + 20 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने