२०८३ भदौ १३, शनिबार
 

गौतमबुद्ध क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरले दियो थप ४ करोड

prabhu bank home loan

चितवन,

जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि भरतपुर महानगरपालिकाले आज ४ करोड रुपैंयाँ हस्तान्तरण गरेको छ । महानगरको तर्फबाट आर्थिक वर्ष २०७७/७८ मा बिनियोजित बजेट ८ करोड रुपैयाँमध्ये आज ४ करोड नगरप्रमुख रेणु दाहालले हस्तान्तरण गर्नुभएको हो ।

यस अघि ४ करोड रकम अनुदान स्वरुप धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त भैसकेको अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनुभयो । यो रकमसहित रङ्गशाला निर्माण अभियानका लागि हालसम्म सहयोगि मन, विभिन्न संघ संस्था, प्रदेश सरकार तथा विभिन्न स्थानीय निकायहरु मार्फत ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ ८७ पैसा सहयोग स्वरूप प्राप्त भएको उहाँको भनाइ छ ।

बुधबारसम्म बिल भर्पाइ पेश भएको आधारमा ३९ करोड ३ लाख ४ सय ९९ रुपैयाँ ११ पैसा खर्च पेश भैसकेको फाउण्डेशनले जनाएको छ । काम सम्पन्न भइ बिल भर्पाइ पेश हुन बाँकी करिब एक करोड ७५ लाख रुपैयाँ गरि एकमुष्ट करिब ९ करोड ३३ लाख रकम बजारमा तिर्नुपर्ने रहेको अध्यक्ष कट्टेलले बताउनुभयो ।

अभियानको लागि घोषित रकमहरु पनि पूर्णतया आउन सकिरहेका छैनन् भने २०७६ साल माघ १९ गते देखि २७ गतेसम्म भएको धनधान्याञ्चल महायज्ञमा बोलकबोल भएको ६९ करोड रकम मध्ये फाउण्डेशनलाई आजको मितिसम्म ८ करोड ८४ लाख ९८ हजार ४ सय ४७ रुपैयाँ मात्र प्राप्त भएको छ । बाँकी रकम यथासक्य उपलब्ध हुन सकेमा परियोजना तोकिएकै समयमा सम्पन्न गर्न सकिने उहाँको भनाइ छ ।

अतः यो संकटकालीन अवस्थामा घोषणा तथा बोलकबोल गर्नुहुने ब्यक्ति तथा संघ संस्थाहरुलाई हार्दिकताका साथ रकम उपलब्ध गराइदिनु हुन फाउण्डेशनले अपिलसमेत गरेको छ । साथै हालसम्म ८ करोड रुपैयाँ बिनियोजन गरि रंगशाला निर्माण अभियानको लागी अनुदान स्वरुप उपलब्ध गराइदिनु भएकोमा भरतपुर महानगरपालिका, महानगरपालिका प्रमुख रेणु दाहाल ज्यू, उपप्रमुख पार्वती शाह ठकुरी ज्यू र प्रशासकीय अधिकृत प्रेमराज जोशी ज्यू लगायत सिङ्गो भरतपुर महानगरपालिका परिवार प्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहान्छौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + 11 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने