२०८३ भदौ ८, सोमवार
 

महामारी भ्रम हो भन्ने भ्रममा नबाँच्नुहोस्

prabhu bank home loan

नारायण गाउँले,

भ्याक्सिनका लागि धनी देश लड़िरहेको बेला भारतले नेपाललगायत केही छिमेकीलाई लाखौं डोज निःशुल्क भ्याक्सिन उपलब्ध गराएर सिङ्गो विश्वलाई एउटा उदाहरण प्रस्तुत गरेको छ ।  उल्लेख्य के छ भने भारतले अनुदान दिएको भ्याक्सिन भारतमा उत्पादितमध्ये उच्चस्तरको हो ।

अक्सफ़ोर्ड विश्वविद्यालयको सहकार्यमा अस्ट्राजेनेकाले विकास गरेको यो भ्याक्सिनको माग विश्वभर छ । भ्याक्सिनबारे केही भ्रमहरू विश्वभर नै छन् । भ्याक्सिन लगाएका मान्छे मरे, कम्पनीले कुनै जिम्मेबारी लिएको छैन, लगाए पनि काम गर्दैन आदि आदि ।

१) अहिले सबै भ्याक्सिनले पाएको अनुमति ‘आपत्कालीन प्रयोग’का लागि हो । यसले इम्युन सिस्टमलाई ट्रिगर गर्छ भन्ने त पुष्टि भयो तर यसरी बन्ने एन्टीबड़ीको प्रभावकारिता कति समयसम्म रहन्छ भन्ने डेटा आजको भोलि नै प्राप्त हुँदैन । अहिलेका भ्याक्सिनले कम्तिमा ३/४ महिना सुरक्षा दिनसक्ने बताइन्छ ।

२) कुनै परीक्षण र अनुसन्धान नै नभई भ्याक्सिन आएका होइनन् । बनाउने कम्पनीहरूसँग यस क्षेत्रमा काम गरेको लामो अनुभव छ । पूर्वाधार छ । तर, सामान्यतया वर्षौँको डेटा चाहिने भ्याक्सिनलाई जीवन रक्षाका लागि यति छिटो प्रयोगमा ल्याउनु परेकाले यसको साइड इफेक्टबारे कम्पनीले दायित्व नलिएको मात्रै हो । तर सुरक्षित छ भन्ने तथ्यसम्मत विश्वास नभई सर्वसाधारणमा प्रयोगको अनुमति दिइँदैन ।

३) यतिबेला युरोपमा लगाइएको भ्याक्सिन प्रायः दीर्घरोगी, अतिवृद्ध र जोखिम समूहका लागि हो । तिनमा मृत्युदर यसै पनि उच्च छ । भ्याक्सिन लगाउनासाथ कोही चिरञ्जीवी हुने होइन । भ्याक्सिनले काम गर्न २/३ हप्ता लाग्ने र यसबीच सङ्क्रमण भएर या अन्य कारणले मृत्यु हुन सक्ने अवस्थासँग भ्याक्सिनको कुनै दोष हुँदैन । त्यसमा पनि अहिलेसम्म धेरैलाई प्रायः पहिलो डोजमात्रै दिइएकाले भ्याक्सिनबाट पूर्ण सुरक्षा हासिल नभएको हुन सक्छ ।

४) पछि पनि मास्क लगाउनुपर्ने भए भ्याक्सिनको के काम भन्नु त मूर्खतामात्रै हो । तपाईंलाई भ्याक्सिनले सुरक्षा देला, तर नलगाएकाहरूलाई सुरक्षा दिने दायित्व तपाईंको पनि त हो नि । त्यसका लागि मास्क चाहिने हो । भ्याक्सिन लगाएको व्यक्तिमा भाइरसले असर नगर्ने हो, उसले अन्यलाई सार्न सक्छ कि सक्दैन भन्नेमा पर्याप्त तथ्य नभएकाले मास्कको कुरो आएको हो ।

भ्याक्सिनबारे कुतर्क गर्नुअघि कम्तिमा आफ्ना हजुरबुबासँग आफ्नो वंशमा क्षयरोग, पोलियो, धनुषटङ्कार लगायतका रोगले पारेको क्षतिबारे सोध्नुहोस् र आजको अवस्थासँग तुलना गर्नुहोस् । झन्डै २२ लाख मान्छेले कोभिड़बाट ज्यान गुमाएको अहिलेको तथ्य विश्वास नलागे आफ्ना छिमेकी या आफन्त सम्झिनुहोस्, जसले भर्खरै यसको चपेटामा आफन्त गुमाएका छन् । मलाई लागेको छैन भनेर यो महामारी भ्रम हो भन्ने भ्रममा नबाँच्नुहोस् ।

भ्याक्सिन लगाउन चाहनेलाई त पुगेको छैन, अनिवार्य भन्ने त कुरै आएन । नचाहे नलगाउनुहोस् तर भ्याक्सिनबारे फेसबुकमा दुई/चार पोस्ट पढेकै भरमा नकारात्मकता फैलाउनु पनि त जरूरी हुँदैन ।

नारायण गाउँलेको फेबुकबाट साभार गरिएको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने