२०८३ भदौ ८, सोमवार
 

माउन्ट केटु हिमाल आरोहण टिमलाई सम्मान, आरोहीलाई अवार्ड दिने प्रधानमन्त्रीको घोषणा

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताउनुभएको छ । पाकिस्तानको माउन्ट केटु हिमाल हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु हिमाल आरोहणमा आफू पनि जान पाएको भए अझ बढी धुमधाम हुन्थ्यो होला भन्ने प्रतिक्रिया दिनुभयो । ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अझ बढी धुमधाम हुन्थ्यो । त्यो दुस्साहस गरेको भए म फर्केर आउने थिइन होला ।’

प्रधानमन्त्री ओलीले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणासमेत गर्नुभएको छ । आरोहणको क्रममा अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै उहाँले अनुभवलाई हल्का रुपमा नलिन समेत आग्रह गर्नु भएको छ । केटु हिमाल आरोही टिमको नेतृत्व गर्नुभएका निर्मल पुर्जाले नेपाल गरिब देश भएको भन्दै राज्यबाट सहयोग नपाएको बताउनु भएको थियो ।

‘देश गरिब भएपनि मन ठूलो छ । सोच फराकिलो छ। हामी सकारात्मक सन्देश विश्वभर पुर्‍याउन सफल भएका छौं । यसमा सबै टिम सदस्यको ठूलो योगदान छ। यो इतिहास अब कहिले पनि मेटिने छैन । आरोहणका दौरान हामीले नेपालको झण्डा लगेर गएका थियौं । यो झण्डा आज हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौं ।’ पुर्जाले भन्नुभयो ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको हिउँद सिजनमा सफल आरोहण गरेका थिए । हिउँदयाममा विश्वको दोस्रो अग्लो माउन्ट केटु हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु आज काठमाडौं फर्किएका छन् । उनीहरुलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

8 − six =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने