२०८३ बैशाख १८, शुक्रबार
 

सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न (फोटोसहित)

prabhu bank home loan

काठमाडौं,

क्यापिटल इन्टरटेनमेन्टको आयोजना र शुभकामना मिडिया सोलुसनको व्यवस्थापनमा सातौं नेशनल क्यापिटल अवार्ड २०७७ सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ र संगीत रत्न शम्भुजित बास्कोटाले सम्मान गर्नुभएको छ ।

अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘वर्तमान राजनीतिबाट कति पनि निरास नहुनुहोस्, ताजा जनादेशपछि मुलुक सहि दिशातर्फ अगाडि बढ्नेछ, समृद्ध राष्ट्र निर्माण हुनेछ ।’ उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससँग सचेत रहनुपर्नेमा जोड दिँदै त्यसबाट निराश नहुन आग्रह गरे । मन्त्री गुरुङले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै त्यस क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारद्वय दिनेश थापा र शान्तिप्रिय, गीतकार लोकराज अधिकारी, भीष्मराज फुलारा, प्रतिमा गुरुङ, मीना सुब्बा, सुरेन्द्र महर्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक छिरिङ भुटियालाई सम्मान गरिएको छ । त्यसैगरी ३७ विधामा ४५ सर्वोत्कृष्ट गायक, गायिका, संगीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बाँस्कोटाले वर्तमान समयमा देशले कला साहित्य क्षेत्रको साथ खोजेको बताउँदै एकीकृत रुपमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

तस्वीरहरुः गीतकार लोकराज अधिकारीको फेसबुक पेजबाट ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 + two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने