२०८३ बैशाख ८, मङ्लबार
 

कोरोना खोपको शुभारम्भ १४ गते, प्रधानमन्त्रीले उद्घाटन गर्ने

prabhu bank home loan

काठमाडौं,

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप यहि माघ १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले १४ गते बुधबार विहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् ।

१८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान सुरु हुनेछ । मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ ।

१० प्रतिशतसम्म खोप खेर जाने मन्त्रालयको अनुमान छ । १० प्रतिशत खोप खेर नगए करिब करिब पौने ५ लाख फ्रण्टलाइनरलाई पहिलो चरणमै खोप दिनसक्ने मन्त्रालयको आकलन छ ।

त्यसो भएको खण्डमा जेलमा रहेका कैदीबन्दी र वृद्धआश्रममा रहेका वृद्दहरुलाई खोप दिने योजना बनाएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा ११ वटा बुथबाट खोप अभियान सुरु हुनेछ । त्यसको लागि कोभिड अस्पताल र मेडिकल कलेज तोकिएको छ । ‘अहिले नै यो यो अस्पताल र मेडिकल कलेजमा बुथ बनाउने भनेर तोकिसकेको छैन्’ डा. गौतम भन्नुहुन्छ, ‘तर कोभिडविरुद्ध उपचार गरेका अस्पतालमा बुथ बनाउन प्राथमिकतामा राखिनेछ ।’

आइतबार नै स्वास्थ्य सेवा विभागबाट विभिन्न प्रदेशमा ४ लाख ५० हजार थान खोप लिएर विभागको भ्यान गइसकेको छ । विभागले जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरेको थियो । यो सूचीमा केही घटबढ हुन सक्नेछ । सोही कारण ४ लाख ५० हजार डोज खोप पहिलो चरणमा पठाएको व्यवस्थापन महाशाखाको प्रमुख डा. भिमसिंह तिंकरीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने