२०८३ बैशाख ८, मङ्लबार
 

आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदनमा कोटा सिस्टम हट्यो

prabhu bank home loan

काठमाडौं,

यातायात व्यवस्था विभागले आजदेखि सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदनमा कोटा सिस्टम हटाएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएको हो ।

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि भने यातायात कार्यालय जानुपर्ने सूचनामा भनिएको छ । यसैबीच विभागले हालका लागि अनलाइन फर्म भर्दा नियमित रूपमा प्राप्त गरेको एसएमएस सेवा केही समयका लागि बन्द गरेको जनाएको छ ।

एसएमएस सेवा सुचारू नहुँदासम्म आफ्नो रजिस्ट्रेशन नम्बर सुरक्षित गरी सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्नुपर्ने सो सूचनामा उल्लेख छ । अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।

यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने